बृहत फेदीखोला पोखरा
खेलकुद
Ramkot
Stationery
Welcome to Brihat Phedikhola Pokhara Samparka Samaj

Website

फेदीखोला गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित एक गाउँपालिका हो । साविकका ४ गाविस...

Read More
Upcoming

Feature Events & Meeting

बृहत फेदीखोला पोखरा सम्पर्क समाजको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन कार्यक्रम निम्न मिति, समय र स्थानमा हुन गईरहेको हुँदा उपस्थितिको लागि निमन्त्रणा गर्दछौं ।
मितिः २०८० कार्तिक १८ गते, शनिबार
समयः बिहानको ठीक ८ बजेदेखी
स्थानः होटल याल्लो प्यागोडा, ड्यामसाइड, पोखरा

बृहत फेदीखोला पोखरा सम्पर्क समाजको शुभकामना आदान प्रदान तथा वेबसाइट सार्वजनिक कार्यक्रममा उपस्थितिको लागि सम्पूूर्ण कार्यसमिति पदाधिकारी, सल्लाहकार, आजीवन सदस्य तथा समस्त शुभचिन्तक महानुभावज्यूहरुमा हार्दिक निमन्त्रणा गर्दछौं ।
मितिः २०८० आश्विन ३ गते, शुक्रबार
समयः दिउसोको २ः३० बजे
स्थानः पुइमे फाष्ट फुड, हिमालीटोल, पोखरा

बृहत फेदीखोला पोखरा सम्पर्क समाजको आयोजनामा नव वर्ष शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रममा उपस्थितिको लागि निमन्त्रणा गर्दछौं ।

मिति: २०७९ बैशाख ४

समयः बिहानको १०ः३० बजे

स्थानः पोखरा

01Apr, 2023

बृहत फेदीखोला पोखरा सम्पर्क समाजको आयोजनामा शैक्षिक सामग्री वितरण कार्यक्रममा उपस्थितिको लागि निमन्त्रणा गर्दछौं ।
मिति: २०७९ फागुन १० गते
समयः बिहानको १०ः३० बजे
स्थानः भगवती आधारभूत विद्यालय तथा बाराही आधारभूत विद्यालय (फेदीखोला ५, बाँगे)

बृहत फेदीखोला पोखरा सम्पर्क समाजको वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन समारोहमा उपस्थितिको लागि निमन्त्रणा गर्दछौं ।

मिति: २०७९ बैशाख ४

समयः बिहानको १०ः३० बजे

स्थानः पोखरा

  • घनश्याम सुवेदी

    फेदीखोला गाउँपालिकामा जन्म भई पोखरामा बस्नुहुने समस्त फेदीखोलेहरुको साझा संस्था बृहत फेदीखोला पोखरा सम्पर्क समाजले वेभसाइट सार्वजनिकिरण गर्न गईरहेको खबरले हर्षित छु । यस अवसरमा नेपालीहरुको महान पर्व वडा दशैं तथा दीपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !

    घनश्याम सुवेदी

    अध्यक्ष, फेदीखोला गाउँपालिका
  • अविलास गुरुङ

    फेदीखोलाबाट पोखरामा आएर पोखराका विभिन्न स्थानमा बस्नुभएका फेदीखोलाबासीहरुलाई एकाकार गरि सामाजिक कार्यहरु गर्ने उद्देश्यका साथ स्थापित समाजले आफ्ना गतिविधिहरु प्रकाशन गर्न वेभसाइट सार्वजनिक गर्न गइरहेको यस सुखद अवसरमा हार्दिक शुभकामना !

    अविलास गुरुङ

    संस्थापक अध्यक्ष, बृहत फेदीखोला पोखरा सम्पर्क समाज
  • दुर्गा बहादुर शाह बाबा

    वि.सं. २०८० को विजयादशमी, दीपावली, छठ लगायतका सम्पूर्ण पर्वहरुको पावन अवसरमा यस संस्थाको जुझारु सक्रिय युवा अध्यक्ष कृष्ण क्षेत्रीज्यू लगायत कार्यसमिति पदाधिकारी तथा बृहत फेदीखोला पोखरा सम्पर्क समाजका सदस्यज्यूहरुमा सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको सतत् हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

    दुर्गा बहादुर शाह बाबा

    अध्यक्ष, ठूलाडिही पोखरा सम्पर्क मञ्च, पोखरा
  • कृष्ण बहादुर क्षेत्री

    बृहत फेदीखोला पोखरा सम्पर्क समाजको स्थापना कालदेखि हालसम्म आउँदा फेदिखोलाका विभिन्न विद्यालयहरुलाई शैक्षिक सामाग्री वितरण, भित्तेपात्रो प्रकाशन, वनभोज कार्यक्रम, देउसीभैलो कार्यक्रम, पर्यटकीय हाइकिङ, महान पर्वहरुको शुभकामना आदान प्रदान, दुःख सुखमा सहभागिता, एक आपसमा परिचयात्मक कार्यक्रम, विकास निर्माणमा सहयोग, स्वास्थ्य सेवामा आर्थिक सहयोग, संस्थाको गतिविधि संचालन गर्न अक्षयकोष स्थापना आदि जस्ता उदाहरणीय गतिविधिहरुले समाजको उचाई बढाएको छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय भूमि फेदिखोला आफैमा सुन्दर र रमणिय छ । भालु पहाड, पंचासे, राम्चेदेवी, चौविसे राज्यको एक चर्चित राज्य नुवाकोट, कालाभैरव, मट्टिखान, बाँगेकोट, भाटखोला, सेतिखोला, नाम्दिखोला झरना, कल्से झरना, खोपाखोला (बुढाखोला), फेदिखोला प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । प्रसिद्ध चलचित्रकर्मी, संस्कृतिकर्मी, कवि एवं गीतकार स्वः चेतन कार्कीको जम्मस्थानले पनि फेदिखोलालाई परिचित बनाएको छ । वि.सं. २०८० को विजयादशमी, दीपावली, छठ लगायतका सम्पूर्ण पर्वहरुको पावन अवसरमा यस संस्थाको जुझारु सक्रिय युवा अध्यक्ष कृष्ण क्षेत्रीज्यू लगायत कार्यसमिति पदाधिकारी तथा बृहत फेदीखोला पोखरा सम्पर्क समाजका सदस्यज्यूहरुमा सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको सतत् हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

    कृष्ण बहादुर क्षेत्री

    अध्यक्ष, बृहत फेदीखोला पोखरा सम्पर्क समाज
Welcome to BPPSS

News Releases

वृहत फेदीखोला पोखरा सम्पर्क समाजको शुभकामना आदानप्रदान सम्पन्न

वृहत फेदीखोला पोखरा सम्पर्क समाजको शुभकामना आदानप्रदान सम्पन्न

पोखरा ,४ वैशाख। बृहत फेदीखोला पोखरा सम्पर्क समाजको आयोजनामा शनिबार एक कार्यक्रम गरी नयाँ वर्ष २०७९ को क्यालेन्डर बिमोचन तथा शुभकामना आदानप्रदान सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले कार्यक्रमको उद्घाटन गर्दै सम्पर्क समाज र गाउँपालिका मिलेर फेदीखोलावासी नागरिकको सेवा गर्नु पर्ने वताउँदै समाजलाई फेदीखोलाबाट पोखरा आई स्थायी वा अस्थायी रुपमा […]

Read More